दफा ११
सञ्चालकको राजीनामा र खालि हुने स्थानको पूर्ति
: (१)कुनै मनोनीत सञ्चालकले नेपाल सरकार छेउ र निर्वाचित सञ्चालकले समिति छेउ लिखित सूचना दिई आफ्नो
पदबाट राजीनामा दिन सक्नेछ । राजीनामा स्वीकृत भएपछि निजले पद त्याग गरेको मानिने छ ।
(२) मृत्यु, राजीनामा वा अरू कुनै कारणबाट कुनै मनोनीत वा निर्वाचित सञ्चालकको पद खालि हुन आएमा अवस्थानुसार अर्को मनोनयन वा निर्वाचनद्वारा सो खालि स्थानको पूर्ति गरिनेछ र निर्वाचनद्वारा आउने सञ्चालक आफ्नो साविकवालाको बाँकी अवधिसम्म मात्र सो स्थानमा बहाल रहनेछ ।
(३) समितिको गठनमा कुनै त्रुटि भई वा कुनै सञ्चालकको स्थान खालि भै समितिमा काम कारवाही भएको भए पनि सोही कारणले मात्र त्यस्तो काम कारवाई बदर
हुन सक्तैन ।